ललिता निवास जग्गा प्रकरणका तीन जना आरोपीद्धारा सर्वोच्चमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता

ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन जना आरोपित सर्वोच्च अदालत गएका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित तत्कालिन कर्मचारी धर्मप्रसाद गौतम, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका हुन् । तीनै जनाले आफूहरुलाई विनाशर्त रिहा गर्नुपर्ने माग राखेका छन् । हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ । उनीहरु तीनै जनाको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने बताइएको छ । सर्वोच्च अदालत गएकामध्ये मिनबहादुर गुरुङमाथि सरकारी कर्मचारीहरुलाई प्रलोभनमा पारी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोप छ । त्यस्तै, गौतमले नक्कली कागजात तयार पार्न सहयोग गरेको र पूर्वनिर्वाचन आयुक्त शाहले जग्गा अनियमितताका लागि विचौलियाको भूमिका खेलेको र राणा परिवारको नाममा जग्गा गएपछि पत्नी उर्मिला शाहको नाममा जग्गा नै घुस लिएको आरोप छ ।।
 

प्रतिक्रिया