पोडकाष्ट अदालत र कलाकार न्यायधीस भए पहिले नै फैसला गरिदिएको भए हुन्थ्यो : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले पोडकाष्ट अदालत र कलाकार न्यायधीस भए पहिले नै फैसला किन नगरेकाे भन्दै  पूजा शर्मालाइ प्रश्न गरेकी छन् । 

नायिका तथा निर्मात्री पूजा शर्माले चलचित्र  ‘रावायण’ प्रचारकाक्रममा एउटा पोडकास्टमा बोल्दै नायक पल शाहलाई कानुनले नै निर्दोष साबित गरेकोले अब कसैले बोल्न जरुरत नरहेको बताएपछि समीक्षाले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् ।

समीक्षाले फेसबुकमार्फत एउटा लामो स्टाटस लेख्दै अदालत पोडकाष्ट र कलाकार न्यायधीस भए पहिले नै फैसला गरिदिएको भए हुन्थ्यो भन्दै जवाफ दिएकी छन् । 

उनले लेखेकी छन्,  ‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ। त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो तिमि मेरो बहिनी भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।’

प्रतिक्रिया