निर्धारित समयमै काठमाडौं –तराई–मधेस द्रुतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

काठमाडौं । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न हुने गरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयमा मंगलबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा रक्षामन्त्री राईले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रूतमार्ग जनुसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताएका हुन् । द्रूतमार्गको निर्माणपछि राजधानी र मधेसलाई सहज सडक सम्पर्कले जोड्ने उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्रमा पनि ठूलो परिवर्तन आउने विश्वास जनाए ।  

२ खर्ब ११ अर्ब ९३ करोडको लागतमा २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको द्रुत मार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ । बैठकमा रक्षामन्त्री राईले देशको रक्षा र जनताको सेवा सेनाको प्रमुख जिम्मेवारी रहेको जनाउँदै शान्ति स्थापना कार्यमा सेनाको सहभागिता र प्रदर्शन गर्व गर्न लायक रहेको पनि बताए ।
 

प्रतिक्रिया