फ्रान्समा आप्रवासी बोकेको डुङ्गा पल्टियो

एजेन्सी । उत्तरी फ्रान्सको ले पोर्टेलको तटमा  आप्रवासी बोकेको डुङ्गा पल्टिएको छ । 

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार डुंगामा के कति मानिस सवार थिए भन्ने पत्ता लागेको छैन । फ्रान्सेली तटरक्षक बलका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले धेरै जनाको अवस्था गम्भीर रहेको जनाएको छ । आप्रवासी बोकेको डुङ्गा पल्टिएपछि  खोजी तथा उद्धार कार्य  जारी रहेको बताइएको छ ।

तर एक अर्काे समाचारमा सो  डुङ्गा पल्टिँदा पाँच जनाको मृत्यु भएको र अन्य धेरैजना गम्भीर घाइते भएका  जनाइएको छ । 
 

प्रतिक्रिया