पोस्ट उडाउने हैन, मलाई समाउ हैन भने दोषी समाउ: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले नै आफूले सामाजिक सञ्जालमा राखेको स्टाटस उडाइदिएको आशय व्यक्त गरेका छन् ।
 
बालेनले सामाजिक सञ्जालमार्फत् नै भनेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।”

यसअघि बालेनले राखेको एउटा स्टाटस सामाजिक सञ्जाल फेसबुकले हटाएपछि  बालेनको यो आशय सहितको भनाई आएको हो । 

प्रतिक्रिया