गुरु कुट्नेको संरक्षण गर्ने सरकारको काम खेदजनक: ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको भन्दै चिन्ता प्रकट गरेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गुरुलाई देवता समान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताए ।
अध्यक्ष ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताए । उनले कथित विद्यार्थीले आफ्नो तिरको होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको गुनासो समेत गरे । प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने अध्यक्ष ओलीको भनाइ छ ।
प्रतिक्रिया