नेपालको विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । 

मंगलबार ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फ्ररेन्स फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् । 

मन्त्री डा. राणाले संयुक्त राष्ट्रसङ्घको आसन्न महासभासँगै हुन लागेको ‘समिट अफ द फ्युचर’लाई नेपालले महत्व दिएको र उक्त समिटमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुनेगरी तयारी भइरहेको जानकारी दिइन् । उनले नेपाल विश्वव्यापी सुशासन, बहुपक्षीयताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका पक्षमा रहेको पनि स्पष्ट गरिन् । 

नेपालले आगामी सन् २०२६ सम्ममा अल्पविकसित मुलुक (एलडिसी स्टाटस) को स्तरबाट माथि उठ्ने विषयमा तयारी गरिरहेको र यसका लागि स्मुथ ट्रान्जिसन स्ट्राटेजी (एसटिएस) बनाएको जानकारी दिँदै मन्त्री डा. राणाले एलडिसीबाट स्तरवद्धि गर्ने योजनालाई अपरिवर्तनीय एवं दिगो बनाउन पनि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताइन् । मन्त्री डा. राणाले नेपाल सधैँ बहुपक्षीयता, विधिको शासन, प्रजातन्त्र, समावेशी र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीका पक्षमा रहेको स्पष्ट गर्दै  यसका पक्षमा अन्तर्राष्ट्रिय फोरमहरूमा गर्ने वकालतमा नेपालको नागरिक समाजले पनि योगदान पुर्‍याउन सक्ने धारणा राखिन् । 

प्रतिक्रिया