संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गछौँ:  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्ने बताएका छन् । 

राष्ट्रिय मानव अधिकार आयोगद्वारा मंगलबार आयोजित एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सरकार अन्तर्राष्ट्रिय प्रतिवद्धता र सम्झौता कार्यान्वयनप्रति प्रतिवद्ध रहेको जनाएका हुन् । प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभुति गर्ने गरी सरकारले काम गरिरहेको बताए । 

प्रधानमन्त्री ओलीले राज्यका तीनै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सानो उपलब्धि मान्न नसकिने उल्लेख गरे । राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक ससहजीकरण भइरहेको उनको भनाइ छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साहले महिला सशक्तिकरणमा सरकारले जोड दिएको बताए । 

मन्त्री सुडीले मन्त्रालयको प्रमुख एजेण्डा भनेकै महिलाको अधिकार, जीवनशैलीको विकास र महिलालाई कसरी उच्चस्तरमा पुर्‍याउने भन्ने रहेको उल्लेख गरे ।

प्रतिक्रिया