कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

एजेन्सी । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९  जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मंगलबार  बताएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार यस घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको बताउदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देशमार्फत घटनाको जनाकारी गराएका हुन् । 

उनका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् । यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको  मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक  इलेक्ट्रिशियन दड्डी सोसोले घटना पछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताएका हुन् । 

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको  बताउनुभएको छ भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केहि उल्लेख गरेका छैनन् । 
 

 

प्रतिक्रिया