सरकार यसैगरी अघि बढे व्यवस्था संकटमा पर्छ, काँध थाप्न सकिदैन: चन्द्र भण्डारी

काँध थाप्न नसक्ने टिप्पणी

काठमाडौं: नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । भण्डारीले सरकार यही तरिकाले अघि बढेमा व्यवस्था संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भण्डारीले यथास्थितिमै सरकार अगाडि बढिरहे व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने  खतरा औंल्याए  । 


भण्डारीले नेतृत्वको असक्षमताको भारी अब बोक्न नसकिने पनि बताएका छन् । ‘यही तरिकाले सरकार जान्छ भने लोकतान्त्रिक व्यवस्थामाथि पनि संकट निम्तिन्छ । त्यसबेला संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ’, उनले भने, ‘त्यसकारण सरकारले गफ होइन, काम गरेर देखाउनुपर्छ । म व्यवस्थाका लागि लडेको व्यक्ति हुँ । पाँच वर्ष जेल बसेँ । पिटाई पनि खाएँ । तर, नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौँ भन्दा पनि हामीले जवाफ दिनुपर्ने ? यो भारी अब हामी बोक्न सक्दैनौँ ।’
उनले अहिले अर्थतन्त्र चलायमान हुन नसकेको र यसको दोषी पनि सरकार नै भएको आरोप लगाए ।


 

प्रतिक्रिया