सरकारको छ महिने प्रगति विवरण सार्वजनिक
भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रको पुनरुत्थानमा उपलव्धी हासिल गरेको दाबी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल सरकारका छ महिनाका उपलब्धि आज सार्वजनिक गरेको छ । बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले छ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । सरकारले जिम्मेवारी सम्हालेको छ महिनामा नीति, कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका दिएको वितरण सहितको सामाग्री आज सार्वजनिक गरेको हो । छ महिनाको समयमा समावेशी, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवद्र्धन सरकारले गरिरहेको दाबी गरेको छ । पुस ११ गते एक सय ६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए ।।
प्रतिक्रिया