सञ्चारमन्त्रीको जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्: सांसद खतिवडा

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै खतिवडाले सञ्चार मन्त्रीको अभिव्यक्तिमा जबाफ मागेका हुन्।

उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताए । ‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो । मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्‚’ उनले भने ।

सरकार प्रवक्तासमेत रहेका गुरूङले गत शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा ुआइजिपीको जिब्रो थुत्नुपर्नेु अभिव्यक्ति दिएका थिए ।  त्यसयता यो विषयलाई लिएर सर्वत्र विरोध भइरहेको छ।

 

प्रतिक्रिया