सांसद मनाङेको अभिव्यक्तिमा राप्रपाको प्रश्न: मन्त्रीको पद नै लिलामीमा, यो के हो ?

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गण्डकी प्रदेशका सांसद राजिव गुरूङ (दीपक मनाङे) ले दिएको अभिव्यक्तिप्रति प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले उक्त विषय उठाएकी हुन्। 

सांसद कार्कीले सुदूरपश्चिममा बजेट पारित हुन नसक्दाका समस्या र गण्डकीमा वनमन्त्री दीपक मनाङेले मन्त्री पद विक्री गर्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी हुन्।

‘सुदूरपश्चिममा बजेट पारित हुन नसकेर कर्मचारीले दशैँको मुखमा तलब खान पाएका छैनन्। स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा समेत सामान उधारो ल्याएर काम चलाउनुपरेको छ’, उनले भनिन्, ‘गण्डकीमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो सभामुख महोदय ! यो के हो ?’

सोमबार मन्त्रालय भागबन्डाका क्रममा मनाङेलाई वन मन्त्रालय परेपछि 'अल्छी लाग्दो मन्त्रालय' भन्दै उनले राजीनामा दिएका थिए। उनले 'गतिलो दाम पाए मन्त्री पद कसैलाई बेचिदिन्थेँ' पनि भनेका थिए। 

 


   
 

प्रतिक्रिया