बालेनले ओली र एमाले सांसदमाथि आक्रोश पोखेको फेसबुक स्टाटस कस्ले हटायो ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले बालशोषण गरेको भन्दै फेसबुकमा राखेको पोष्ट (स्टाटस) हटेको छ । मेयर शाहले प्रदेश सांसद शर्माको फोटोसहित बालशोषण गरेको आरोप लगाउँदै फेसबुकमा लामो पोष्ट हालेका थिए । उक्त पोष्ट फेसबुकवाट हटेको छ । 

 बालेनको फेसबुकवाट हटाइएको स्टाटस


बालेन सचिवालयका अनुसार यो पोष्टलाई फेसबुकले नै डिलिट गरिदिएको हो । एमाले कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको बालेन सचिवालयको तर्क छ । बालेन सचिवालयका अनुसार प्राविधिकको टिमले अहिले उक्त पोष्ट रिकभर गर्ने प्रयास गरिरहेको छ ।
 
बालेनले पोस्ट गरेको उक्त स्टाटसमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखिएको थियो । स्टाटसमा मेयर शाहले भनेका थिए, 'प्रदेश सांसद रेखा शर्माले एकजना नाबालिकालाई आठ वर्षसम्म घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । महानगरले विगत दुई महिनादेखि कारबाही गर्नभन्दा पनि यो सरकारले समातेको छैन,’’ बालेनले अगाडि लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री खड्कप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले पनि समाऊ भनेको तपाईंका सांसद रेखा शर्मालाई बालशोषण गरेको मुद्दा समाउनलाई भन्दछ ? कहिले समाउने कि नसमाउने ?’’ 

एमालेका कार्यकर्ताहरू भने बालेनले गलत लेखेको र साइबर मुद्दा हाल्ने चेतावनीपछि उनी आफैँले पोस्ट डिलिट गरेको तर्क गरेका छन् ।

१४ जेठमा काठमाडौं महानगरले प्रदेससभा सदस्य शर्माको घरबाट एक बालिकालाई उद्धार गरेको थियो । बालिकाको उद्धारपछि उनका अभिभावक बोलाएर महानगरले छलफल समेत गरेको थियो । 

 

प्रतिक्रिया