कृषि अनुसन्धान केन्द्र नभएसम्म कृषिमा प्रगति हुदैन: कृषिविज्ञ

कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्ले ललितपुरमा गरेको अन्र्तक्रियामा उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताएका हुन । कार्यक्रममा कृषि अनुसन्धान परिषद्का पूर्व कार्यकारी निर्देशक ध्रुव जोशीले उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म देशमा कृषिको विकास हुन नसक्ने बताए । 
पूर्व कार्यकारी निर्देशक जोशीले नार्कमा भ्रष्टाचार व्याप्त भएको गुनासो समेत गरे । कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको गुनासो गरे । 
अहिलेकै अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्नसक्ने चिन्ता कार्यक्रममा सहभागीले व्यक्त गरेका छन । नार्क नीति, नियमबाट सञ्चालन हुन नसकेको गुनासोपनि सहभागीको छ ।
 

प्रतिक्रिया