भारतीय प्रधानमन्त्री मोदी ब्रुनाई र सिङ्गापुरको आधिकारिक भ्रमणमा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार ब्रुनाई दारुस्सलाम र सिङ्गापुरको तीन दिने आधिकारिक भ्रमणका लागि गएका छन् । 

भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको  यो पहिलो ब्रुनाई भ्रमण हो।  दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धको ४० वर्ष पूरा भएको अवसरमा निर्धारित यस  भ्रमणलाई द्विपक्षीय महत्वको रुपमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बर ४/५ मा सिङ्गापुर भ्रमण गर्नेछन् । प्रस्थान वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोहोरो भ्रमणको उदेश्य दुई देशसँग भारतको सम्बन्धलाई अझ मझभुत र प्रगाड  बनाउनेमा केन्द्रित रहेको बताएका छन् । 

यसैगरी भारत–ब्रुर्नाइ दारुस्सलाम कूटनीतिक सम्बन्धको गौरवशाली  ४० वर्ष पूरा गरेको अवसरमा महामहिम सुल्तान हाजी हसनल बोल्कियालाई भेट्न उत्सुक रहेको प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत बताएका छन् । 

भ्रमणको दास्रो चरणमा सिङ्गाापुरमा राष्ट्रपति थर्मन सन्मुगरत्नम, प्रधानमन्त्री लरेन्स वोङ, वरिष्ठ मन्त्री ली सिएन लुङ र वरिष्ठ मन्त्री गोह चोक टोङसँग वार्ता गर्ने उनले बताएका छन् । 
रासस

प्रतिक्रिया