भेनेजुएलाका राष्ट्रपति मडुरोको विमान अमेरिकाको कब्जामा

एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको नीजि विमान जफत गरेको छ । डोमिनिकन रिपब्लिकमा मदुरोको लक्जरी जेट डासल्ट फाल्कन नाइन हन्ड्रृेड एक्स  जफत  भएको हो । 

जेट जालझेल गरेर किनेको र अवैधरुपमा अमेरिकाबाट बाहिर लगेको आरोप अमेरिकाको छ । जेटले सोमबार बिहान सान्टो डोमिङ्गोबाट फोर्ट लाउडरडेलको लागि उडान भरेको थियो । सोही क्रममा विमान जफत गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

विमान सन् २०२२ को अन्त्यदेखि सन् २०२३ को सुरुको बीचमा मदुरोसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो पहिचान लुकाएर १ करोड ३० लाख अमेरिकी डलरमा किनेका थिए । अमेरिका र भेनेजुएला सरकारहरू बिच व्यापार लेनदेनमा प्रतिबन्ध छ । मादुरोको जेट सान मारिनोमा दर्ता भएको थियो ।

मदुरो यसै वर्ष निजी जेटमा गुयाना र क्युबा गएका थिए । भेनेजुएला सरकारले सो विमान अमेरिकाले कब्जामा लिएको स्वीकार गरेको छ । उनले अमेरिकी सरकारको यो कदमलाई डकैती भनेका छन् । 
 

प्रतिक्रिया