परराष्ट्रमन्त्रीलाई भारतको सम्मानबारे सांसद सुवालको कटाक्ष: रातो कार्पेट ओछ्याएर सिक्किम खाएको बिर्सन हुुन्न

काठमाडौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नहरूको जवाफ दिएकी छिन् । बैठकमा प्रश्न राख्ने क्रममा नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधि र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच घोचपेच भएको छ। परराष्ट्र मन्त्री राणाले गत २ गतेदेखि ६ गतेसम्म भारतको भ्रमण गरेकी थिइन्। सो भ्रमणलाई लिएर निधिले परराष्ट्रलाई भारत भ्रमणका क्रममा प्रधानमन्त्रीसरहको स्वागत भएको बताए।  

परराष्ट्रमन्त्रीको ‘भारत भ्रमणबारे आफ्नो प्रश्न नरहेको भन्दै निधिले उनलाई बधाई र धन्यवाद दिए। उनले परराष्ट्र मन्त्रीको भ्रमणलाइ भारत सरकारले गरेको उच्च मर्यादा र गरिमा प्रधानमन्त्री सरहको स्वागत भएको बताए । 

निधिले यसो भनेपछि नेमकिपाका सांसद सुवालले परराष्ट्र मन्त्री राणालाई प्रधानमन्त्रीसरहको स्वागत भारतले गरेको भनेर चर्चा गर्ने गरिएको प्रसंगमा कुरा राखे। ‘तर बिर्सन हुन्न लेन्डुप दोर्जेलाई भारतले रातो कार्पेट ओछ्याएर सिक्किम खाएको थियो,’ सुवालले भने।

प्रतिक्रिया