इजरायलले सैन्य दबाब कायम राखे बन्धक ’कफिनभित्र’ फर्काइने हमासको चेतावनी

एजेन्सी ।  हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई  “नयाँ निर्देशन“ दिइएको चेतावनी दिएको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउदै आएको छ । यसै गरी  प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दावी गर्दै आएका छन् । 

यही स्थिती कायम रहेमा बन्दकहरु कफिनभित्रै  फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले  विज्ञप्तिमार्फत बताएका हुन् । 

यस अघि ६ जना बन्धकहरूलाई “मृत्युदण्ड“ दिएपछि सेना बन्दकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ ।
रासस

प्रतिक्रिया