इजरायली प्रधानमन्त्रीले बन्धक रिहाइका लागि हमाससँग युद्धविराम गर्न पर्याप्त काम नगरेको बाइडेनको आरोप

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धक रिहाइका लागि हमाससँग सम्झौता र युद्धविराम गर्न पर्याप्त काम नगरेको आरोप लगाएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाले इजरायली प्रधानमन्त्रीलाई अर्को नयाँ ‘अन्तिम’ प्रस्ताव पठाउन सक्ने प्रतिवेदन आइरहेका बेला बाइडेनले नेतान्याहुको आलोचना गरेका हुन् । बाइडेनलाई नेतान्याहुले पर्याप्त काम गरिरहेका छन् भनेर सोध्दा जवाफमा उनले छैन भनेका छन् । उनले अमेरिकाले हार नमान्ने र सहमतिका लागि प्रयास जारी राख्ने बताएका छन् ।   

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले नयाँ प्रस्तावबारे वार्ताकारहरूसँग भेट गरेका छन् । बन्दी रिहाइका लागि नेतान्याहु सरकारले हमाससँग सम्झौता गर्न धेरै प्रयास नगरेको भन्दै इजरायलमा प्रदर्शन जारी छ । 

गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको छ । तीमध्ये ६ जनाको शव गत शनिबार मात्र गाजाको रफाहमा रहेको सुरुङमा भेटिएको थियो । 
 

प्रतिक्रिया