आज ३ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । मंगलबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा संसदीय सुनुवाइ समितिको बैठक बस्न मंगलबार बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।

प्रतिक्रिया