बङ्गलादेशमा बाढीका कारण ५९ जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा बाढीका कारण ५९ जनाको मृत्यु भएको छ । 

बाढीका कारण प्रभावित ११ जिल्लामा ५३ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । किसानहरुले लगाएको बालीमासमेत ठूलो क्षति पुर्‍याएको छ । देशभर सात लाखभन्दा बढी परिवार बाढीका कारण विस्थापित भएका छन् ।

अन्तर्राष्ट्रि सञ्चार माध्यमका अनुसार पछिल्लो समय ४१ जना पुरुष, ६ जना महिला र १२ जना बालबालिका गरी ५९ जनाको मृत्यु भएको  छ ।

अहिलेसम्म सबैभन्दा बढी बाढी देशको दक्षिणपूर्वी ग्रेटर नोआखाली क्षेत्रमा आएको छ ।


 

प्रतिक्रिया