रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलियामा

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलिया पुगेका छन् । मङ्गोलियाको राजधानी उलानबाटारमा उनलाई भव्य स्वागत गरिएको छ । 

अन्तर्राष्ट्रिय फौजदारी अदालत आर्ईसीसीले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो । पुटिनको यो भ्रमणलाई लिएर आइसिसी , किभ, पश्चिमा र अधिकारवादी समूहहरूले आइसीसी निर्देशनको अवहेलनाको प्रदर्शनको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

सन् २०२२ मा युक्रेनी सेनाले युक्रेनमा आक्रमण गरे यता युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको अभियोगमा हेगस्थित अदालतले रूसी नेताविरूद्ध पक्राउपूर्जी जारी गर्दै ‘सर्वाधिक खोजी’ को सूचिमा राखेको छ । 

युक्रेनले गत साता मंगोलियाली अधिकारीहरूलाई पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गरेका थिए भने आइसिसीले अदालतले मागेकाहरूलाई हिरासतमा लिनु आफ्ना सबै सदस्यहरूको ‘दायित्व’ रहेको बताएको थियो । क्रेमलिनले गत साता पुटिनलाई पक्राउ गर्ने विषयमा रूसलाई कुनै ‘चासो’ नभएको बताएको थियो ।  

मङ्गोलियाले युक्रेनमा रुसको आक्रमणको विरोध गरेको छैन भने राष्ट्रसंघमा द्वन्द्वसम्बन्धी मतदानमा अनुपस्थित रहेको छ । आईसीसीले सन् २०२३ को मार्चमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 
 

प्रतिक्रिया