एमाले पोलिट्ब्यूरो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक मंगलबार बस्दै छ । बैठक दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।  बिहिबार बसेको सचिवालय बैठकले मंगलबार र बुधबार बस्ने गरि पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको थियो । बैठकमा एमालेले यस वर्ष चलाउने भनेको संगठन र सदस्यता विस्तार, पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजनमा छलफल हुनेछ ।

यसअघि बसेको सचिवालय बैठकले अधिकांशलाई आफ्नै जिल्ला र भूगोल कार्यक्षेत्र हुने गरी इन्चार्ज तोकेको थियो । पोलिट्ब्युरो र केन्द्रीय सदस्यहरूलाई जिल्ला, केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र संघीय र प्रदेश, केही केन्द्रीय र प्रदेश कमिटीका सदस्यहरूलाई पालिका तहका कमिटीका इन्चार्जको जिम्मेवारी तोकेको छ । 

त्यस्तै जिल्ला कमिटी सदस्यलाई वडा कमिटी र पालिका तहका कमिटीका सदस्यहरूलाई टोलटोलमा खटाउने गरी विस्तृत कार्ययोजना तयार भएको छ । 

प्रतिक्रिया