नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् ।फरार बुढाथोकीलाई काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरिएको हो ।   शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँको आदेशले दुईजना धरौटीमा रिहा भएका छन् । फरार १२ जना मध्येका बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको १० लाख रकम डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ ।नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना केन्द्रीय कारागारमा थुनामा छन् ।

प्रतिक्रिया