आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै, बैठकमा सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी सांसदहरूले उठाएको मौखिक प्रश्नहको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचि रहेको  छ । 

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशषे समितिका सभापति सूर्य थापा क्षेत्रीले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् । विशेष समितिलाई यससघि  ३ महिना समयावधि दिइएकामा अब १५ दिन थप्ने तयारी छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन र सावर्जनिक सेवा प्रशारण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची छ । 

बैठकमा  उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया