सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। 

मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास  केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौंमा पनि भएको थियो।

प्रतिक्रिया