कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। बाग्मती प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती,गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, मंगलबार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी,मधेश,लुम्बिनी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया