प्रदूषित हावाले मानिसमात्र नभइ माहुरीको फूल भेट्टाउने क्षमतालाई पनि असर गर्ने

एजेन्सी । प्रदूषित हावा मानिसको लागि मात्रै नराम्रो नभइ यसले माहुरीको फूलहरू भेट्टाउने क्षमतालाई पनि असर पार्ने एक अध्ययनले देखाएको छ । 

प्रदूषित हावा र वातावरणका माहुरीको मह (फूलको रस)खोज्ने अत्यधिक अभ्यस्त इन्द्रियहरूलाई पनि असर गर्न सक्ने अध्ययनले देखाएको हो ।  सन् २०१८ र २०१९ को ग्रीष्म ऋतुमा इकोलोजिस्ट (जीव र पर्यावरणबीचको समवन्ध अध्ययन गर्ने) जेम्स रोयल्स र उनका सहकर्मीहरूले दक्षिणी बेलायतको रिडिङ नजिकैको खेतमा गएर कालो तोरीको बोटवरिपरि घुमिरहेका कीराहरूलाई अध्ययन गर्ने क्रममा यो पत्ता लागेको हो । खोजकर्ताहरुले  हरेक पटक माहुरी, होभरफ्लाई, कीरा, पुतली वा अन्य कीराले सानो पहेँलो फूलमा परागकण वा अमृत प्राप्त गर्न गरेको प्रयासबारे अनुसन्धान गरेका थिए ।

उनीहरुले ओजोन र नाइट्रोजन अक्साइड निस्किने पाइप जडान गरेर  रायोका साग लगायतमा पनि परीक्षण गरेका थिए । जसले वरिपरि उत्पादित ग्याँसहरूलाई प्रदूषित गथ्र्यो,र अरुमा बिरुवामा सामान्य हावा छोड्ने पाइपहरू जडान  थिए।

यो नतिजाले वैज्ञानिकहरुलाई चकित तुल्यायो । प्रदूषणले थिचेको रायोका बिरुवा लगायतमा समग्रमा ७० प्रतिशत कीराहरू झुम्मिएका थिए, तर प्रदूषण नभएको बिरुवामा  ९० प्रतिशत कीराहरु झुम्मिएका थिए ।  त्यसबाट प्रदूषित हावा मानव शरीरका लागि मात्रै नभइ माहुरीको फूलहरू भेट्टाउने अत्यधिक अभ्यस्त इन्द्रियहरूलाई पनि बिथोल्न सक्ने कुरा पत्ता लागेको हो ।  
 

प्रतिक्रिया