दीपक मनाङेले दिएको राजीनामा पत्र मुख्यमन्त्री पाण्डेले बुझे

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री दीपक मनाङे ऊर्फ राजीव गुरुङले पदबाट राजीनामा दिएका छन् । सोमबार वन तथा वातावरणमन्त्री नियुक्त भएका मनाङेले लगत्तै पद अस्वीकार गर्दै राजीनामा दिएका हुन् ।मनाङे यसअघि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री थिए । तर, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्रालय दिएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएका हुन् ।सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पत्र समेत  बुझाएका छन्  

मुख्यमन्त्री पाण्डेले आइतबार मात्रै २ वटा मन्त्रालय फुटाएर प्रदेशमा मन्त्रालयको सङ्ख्या ९ पुर्‍याएका थिए । यसपछि सोमबार नेकपा ९एमाले० सरकारमा सहभागी भएको छ । 
यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । आफ्नो मन्त्रालय फेरिएपछि असन्तुष्ट मनाङेले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया