कार्यान्वयनमा आएको टी.आर.सी ऐनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ ।

यससँगै ऐन कार्यान्वयनमा आएको छ । संशोधित ऐनमा दफा १ को उपदफा २ मा यो तुरुन्त लागू हुने व्यवस्था छ ।
ऐनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष एवम् सदस्यको पदावधि, पीडितलाई परिपूरणको अधिकार, गम्भीर उल्लंघनमा संलग्न व्यक्तिलाई आयोगले क्षमादानको लागि सिफारिस गर्न नमिल्नेलगायतका कुरा उल्लेख छ ।

प्रतिक्रिया