काँग्रेसको दुई विभागमा सभापति देउवाद्धारा सदस्य मनोनित

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तिय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तिय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन् । 

वित्तिय संस्था समन्वय विभागमा मोरङका भीमकुमार चौधरी, धनुषाका गणेश यादव, काठमाडौंका 
धरम ब्लोन (लामा),  सिन्धुपाल्चोकका  विष्णुप्रसाद घोरासैनी, कास्कीका सुरेन्द्रनाथ शर्मा, पाल्पाका चिरञ्जीवी नेपाल,  रूकुम पूर्वका ध्रुव पुन, सल्यानका डिलमान चन्द, कैलालीका दिनेश जोशी, अछामका लक्ष्मी शाह मनोनित भएका छन् । 

त्यस्तै पूर्व आप्रवासी समन्वय विभागमा सिरहाका रामेश्वर शाह, रुपन्देहीका यदुनाथ पाण्डे,  मोरङका सुभाष लोहनी, झापाका विज्ञान प्रसाई, ताप्लेजुङका रामबहादुर कोङलिवा लिम्बू,  झापाका नविन पोखरेल, पर्वतका कृष्णप्रसाद लम्साल,  दैलेखका पूर्ण कोइराला, काठमाडौंका उमा कार्की, कैलालीका बालकुमारी सुनार मनोनित  भएका छन् । 


 

प्रतिक्रिया