वन मन्त्रालयको जिम्मेवारी लिन चाहेनन् मनाङेले, जुनियरले लिने मन्त्रालय भन्दै रिसाए

काठमाडौं । गण्डकीका स्वतन्त्र प्रदेश सांसद तथा मन्त्री दीपक मनाङे  मन्त्रालय भागबन्डामा असन्तुष्ट जनाएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएकोमा असन्तुष्ट जनाएका हुन्  । 

सोमबार नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबन्डामा सहमति हुँदा मनाङेको मन्त्रालय फेरिएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

सोमबार दिउँसो नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका हुन् ।  शपथ ग्रहणपछि उनी ‘लिन्न यस्तो मन्त्रालय, जुनियरले लिने मन्त्रालय हो’ भनेर निस्किएका थिए ।

गण्डकीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर मुख्यमन्त्री पद जोगाइदिएका फणीन्द्र देवकोटा र दीपक मनाङेलाई कांग्रेसले आफ्नै कोटामा राखेर मन्त्रीमा यथावत् गरेको छ । एमाले सरकारमा सामेल भएसँगै मनाङेको मन्त्रालयको सारिएको छ ।
वन मन्त्रालय नस्विकार्ने बताउदै  मनाङेले मुख्यमन्त्रीज्यूसँग कुरा गर्ने,  कुरा नमिले राजीनामा दिने चेतावनी दिएका छन्  ।

प्रतिक्रिया