गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका चार जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सोमबार शपथ ग्रहण गरेका हुन् ।

एमालेकी पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, कृष्णप्रसाद पाठकले स्वास्थ्यमन्त्री, मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्री र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्रीको शपथ लिएका हुन् ।

सात वटा मन्त्रालय रहेकोमा दुई मन्त्रालय थपेर आइतबार ९ पुर्‍याइएपछि एमाले पनि सरकारमा सहभागी भएको हो ।

हालका भौतिक मन्त्री राजीव गुरुङ ९दीपक मनाङे० को मन्त्रालय हेरफेर भएको छ । उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका विन्दुकुमार थापा स्वास्थ्य मन्त्रालय टुक्रिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा यथावत छन् । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिलामन्त्री, नेसपाका फणीन्द्र देवकोटा पनि उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा यथावत छन् ।

गण्डकीमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने सहमति भएको थियो । त्यसैअनुसार भागबन्डा भए पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका दुई जनालाई नहटाई कांग्रेसको कोटामा मन्त्री यथावत राखेका छन् ।

 

प्रतिक्रिया