एभिन्यूज खबरको मधेश प्रदेश ब्यूरो प्रमुखमा ज्योति झा नियुक्त

बीरगञ्ज । एभिन्यूज खबर टेलिभिजनको मधेश प्रदेश ब्यूरो प्रमुखमा ज्योति झा नियुक्त भएका छन् ।

मधेश प्रदेशमा पर्ने ८ वटा जिल्लाको खबर संकलन, प्रचार प्रसार र बजार ब्यवस्थापनको जिम्मेवारी सहित झालाई ब्यूरो प्रमुखको जिम्मेवारी दिइएको हो । सप्तरी भारदह निवासी झा मधेश प्रदेशको राजनीतिक स्थायीत्व र सञ्चार ब्यवस्थापनमा अनुभवी मानिन्छन् ।

एभिन्युज खबर टेलिभिजनले आफ्नो मधेश ब्यूरो प्रमुख छनोट गरिरहदा मधेशको राजनीतिक,आर्थिक र सामाजिक उत्तरदायित्वलाई प्रमुख प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएको छ। एभिन्युज टेलिभिजनका मानव संसाधन प्रमुख सुधिर फुयालले  झालाई नियुक्ति पत्र हस्तान्तरण गर्दै जिम्मेवारी प्रदान गरेका छन् ।
 

प्रतिक्रिया