नवनियुक्त अध्यक्ष डीसीले सम्हाले बोर्डको कार्यभार
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । हिजो सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपका डीसीले बोर्डको कार्यालय पुगेर आज पदभार ग्रहण गरेका हुन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
आफू बोलेर भन्दा पनि काम गरेर देखाउनको लागि बोर्डमा आएको उनको भनाइ थियो । उनको शुभकामनाका लागि बोर्डको हलमा आज ३ घण्टाको कार्यक्रम तय गरिएको छ । उनले बोर्डलाई नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता जनाए । उनले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका छन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया