कंगनाको चलचित्र ‘इमर्जेन्सी’ लाई प्रदर्शनमा प्रतिबन्ध लगाउन दबाब
एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले आगामी चलचित्र ‘इमर्जेन्सी’लाई लिएर विरोध प्रदर्शन भइरहेको छ ।
भारतीय सञ्चार माध्यामका अनुसार प्रदर्शन मिती रोकिएपछि कंगना आक्रोशित बनेकी छन् । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रको प्रमाणीकरण रोकेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले भनेकी छन्, ‘ज्यान मार्ने धम्की धेरै भएकाले प्रमाणीकरण रोकिएको हो । सेन्सर बोर्डका सदस्यलाई पनि धम्की आइरहेको छ । इन्दिरा गान्धीको हत्या हामीमाथि नदेखाउन, पञ्जाबको दंगा नदेखाउने दबाब छ । मलाई थाहा छैन अब के देखाउने हो ।’
यो चलचित्र प्रदर्शनअघि नै विवादमा परेको छ । चलचित्रमा आफूहरुको छविलाई गलत तरिकाले देखाइएको सिख समुदायको आरोप छ । मध्यप्रदेशको सिख संगतले जबलपुरको कलेक्टर कार्यालयसम्म र्याली निकालीरहेको छ । कलेक्टर मार्फत प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा चलचित्रलाई पूर्णरुपमा प्रतिबन्ध लगाउन भनिएको छ ।
प्रतिक्रिया