कानूनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो ३ बजे सिंहदबारमा बोलाइएको छ । बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया