सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई मिडिया एलाइन्सको आग्रह

काठमाडौ । मिडिया एलाइन्स नेपालले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारसहितको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाउँदै कोरोना महामारी, आर्थिक मन्दी लगायतका कारण धरासायी बनेको सञ्चार गृहहरुको समस्या समाधान गरिदिन आग्रह गरेको हो । एलाइन्सले श्रमजीवी पत्रकार तथा कर्मचारीको पारिश्रमिक एवं मिडियाको दैनिक सञ्चालन खर्चका लागि बढीमा ३ प्रतिशत ब्याजदरमा १० करोडसम्म सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न, मदिराजन्य पदार्थको विज्ञापनमा लगाइएको रोक फुक्का गरिदिन, सञ्चार माध्यमले तिर्नुपर्ने करमा सहुलियत दिन, सामाजिक सञ्चालहरुमा विज्ञापन रोक्न माग गरेको छ । 
ज्ञापनपत्र बुझ्दै सुचना तथा सञ्चार मन्त्री गुरुङले एलाइन्सले राखेका मागबारे चाडोभन्दा चाडो अरु मन्त्रालयसँग पनि समन्वय गरेर समाधानको पहले गर्ने आश्वासन दिए । उनले सञ्चार क्षेत्रमा देखिएका नीतिगत समस्या पनि छिट्टै सम्बोधन गर्ने प्रतिवद्धता जनाए । 
मिडिया एलाइन्सले यसअघि पनि सञ्चार उद्योगमा देखिएका समस्या समाधानका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडलेको पनि ध्यानाकर्षण गराएको थियो ।

 

प्रतिक्रिया