सभापति देउवालाई प्रधानमन्त्री नबन्न महामन्त्री शर्माको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् । आइतबार जारी केन्द्रीय कार्यसमितिको बैठकमै सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गर्न महामन्त्री शर्माले आग्रह गरेका छन्। ‘शेखर कोइराला‚ शशांक कोइराला‚ विमलेन्द्र निधी‚ प्रकाशमान सिंह‚ पूर्णबहादुर खड्का‚ अर्जुननरसिंह केसी वा कसैलाई प्रधानमन्त्री बनाएपनि देउवालाइ छैटौँ पटक प्रधानमन्त्री नबन्न शर्माले आग्रह गरेका हुन् । 

शर्माले बैठकमा अरूलाई प्रधानमन्त्री बनाए सभापतिको त्याग देखिने तथा समकालीन नेतालाई न्याय र कदर हुने बताए  ।

प्रतिक्रिया