नेपालका राजनीतिक दलका नेताहरुले बिदेशीबाट खर्च लिएर राजनीति गर्छन् : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालका  राजनीतिक दल र तिनका नेताहरु विदेशीका एजेन्ट भएको आरोप लगाएका छन् । 

एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम विशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा अध्यक्ष थापाले नेपालका राजनीतिक दलका नेताहरुले बिदेशीबाट खर्च लिएर नेपालमा राजनीति गर्ने गरेका कारण भू राजनीतिक संवेदनशीलता बढेको टिप्पणी गरे ।  उनले चीनसँगको व्यापार तथा पारबहन सन्धिलाई अघि बढाउनु पर्नेमा जोड दिए ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका थापाले आफूले देश र जनताका लागि राजतन्त्रको एजेण्डा बोकेको भन्दै आफूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बोके पनि शाहले भने छोडेको थापाले गुनासो गरे । बिगतमा सरकारमा नजाने भन्दा भन्दै पनि देशी  विदेशी दवाब र प्रभावका कारण राप्रपा सरकारमा जान बाध्य भएको दाबी गरे । अध्यक्ष थापासँगको बिस्तृत कुराकानी आज आइतबार राति ९ बजे एभिन्यूज खबर टेलिभिजनमा प्रसारण हुनेछ । 

प्रतिक्रिया