‘गाजा युद्ध अन्त्य गर्ने समय आएको अमेरिकी राष्ट्रपति वाइडेनको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले संक्षिप्त प्रतिक्रिया दिँदै अब युद्ध अन्त्य गर्ने समय आएको बताएका छन् । 

गाजा पट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक बनाइएका ६ जना बन्धकको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको वाइडेनले बताए । अमेरिकी राष्ट्रपति वाइडेनले गाजामा युद्ध अन्त्यका लागि आफूहरूले अहोरात्र खटिरहेको पनि उल्लेख गरे। 

राष्ट्रपति बाइडेनले बन्धकको हत्या गरिनु ‘निन्दनीय’ भएको र यस घटनाले आफूलाई स्तव्ध पारेको भन्दै “हमासका नेताहरूले यी अपराधको मूल्य चुकाउनेछन चेतावनी दिए ।  

बाइडेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हमासका आतङ्ककारीले मारेका बन्धकमध्ये एक अमेरिकी नागरिक हर्श गोल्डबर्ग–पोलिन रहेको हामीले पुष्टि गरेका छौँ ।”इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले दक्षिणी गाजाको रफाहबाट बरामद भएका ६ वटा शव हमासले आईडीएफ सेना आउनुभन्दा केही समयअघि नै ‘निर्मम हत्या’ गरेका इजरायली बन्धकको भएको बताएको छ ।

यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले एक वक्तव्य जारी गर्दै हमासलाई ‘निर्मूल पार्नुपर्ने’ र गाजालाई नियन्त्रण गर्न दिन नसकिने बताएकी छिन् । 

ह्यारिसले २३ वर्षीया अमेरिकी नागरिक गोल्डबर्ग–पोलिनका आमाबुबा जोन र राहेलप्रति समवेदना व्यक्त गर्दै भनिन, “अमेरिकी नागरिकको सुरक्षाभन्दा मेरो कुनै उच्च प्राथमिकता छैन। 
 

प्रतिक्रिया