बालेनलाई एमालेको ज्ञापनपत्र, निर्णय खारेज नगरे परिणाम उत्पन्न हुनसक्ने चेतावनी

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले  ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । सर्वोच्च अदालतको फैसला अनुसार  महानगरपालिकाले नदीको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा बालेनलाई ज्ञापनपत्र बुझाएका हो ।

 
महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ । महानगरले उक्त निर्णय बदर नगरे असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने भन्दै ज्ञापनपत्रमा  चेतावनी दिइएको छ  ।

प्रतिक्रिया