युक्रेनले माग्यो रुससँग लड्न  सहयोगी राष्ट्रसँग लामो दूरीका हतियार

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्रेनलाई तत्काल दिनुपर्नेमा जोड दिएका छन्। 

जेलेन्स्कीले भने, “अहिले युक्रेनी प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्रीलगायत युक्रेनी प्रतिनिधिमण्डल वासिङ्टनमा काम सहयोग जुटाउनका लागि काम गरिरहेको छ ।”

युक्रेनको उच्च प्राथमिकता रूसको आक्रमण रोक्न आफ्नो रक्षा बललाई लामो दूरीको क्षमताले सुसज्जित गर्नु रहेको राष्ट्रपति जेलेन्स्कीले बताए । जेलेन्स्कीले शहरहरूको सुरक्षाका साथै ऊर्जा पूर्वाधारको सुरक्षामा मद्दत गर्न युक्रेनले आफ्ना सहयोगीहरूसँग हवाई प्रतिरक्षाको बारेमा छलफल गरिरहेको पनि बताए। 

प्रतिक्रिया