निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन

काठमाडौ । निर्मलादेवी कुर्मीलाई न्याय माग्दै अभियान्ताहरुले माइतीघरदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन गरेका छन् । अभियान्ताहरुले   निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने, बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने र  आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका छन् । 

निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाएको भन्दै कुर्मीलाई मन्त्री पदबाट तत्काल  हटाउनुपर्ने उनिहरुको माग छ ।  हत्या आरोपी कुर्मीलाई लुम्बिनीमा नेपाली कांग्रेसले मन्त्री बनाएको भन्दै अभियान्ताहरुले विरोध जनाएका छन् । 

रूबी खानको नेतृत्वमा बाँकेका अभियन्ताहरूले काठमाडौंको माइतीघर मण्डलमा बसेर धर्ना दिँदै आएका छन्। साउन २५ गतेदेखि कल‌ंकीदेखि माइतीघरसम्म हिँडेर आएर धर्ना बस्दै आएका थिए।

तीन सातादेखिको धर्नामा सरकारले चासो नदेखाएपछि अभियान्ताहरुले आइतबार माइतीघर मण्डलदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन गरेका हुन् ।

 
यसअघि गृह मन्त्रालय र पीडित परिवारबीच कुर्मीको मुद्दा अदालत पठाउन सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो। तर मुख्य आरोपीलाई नै प्रदेशको मन्त्री नियुक्त गरेपछि सरकारले पीडकलाई संरक्षण गरिरहेको अभियान्ताहरुको बताएका छन् । 

 

 

प्रतिक्रिया