नेप्सेमा ५३.६३ अंकको गिरावट

काठमाडौ । साताको पहिरो कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ विन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको ५२ करोड ३१ लाख १० हजार चार सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको आठ लाख चार हजार आठ सय कित्ता शेयर खरिदबिक्री भएको छ । आज सुपरमाई हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
 

प्रतिक्रिया