लुक्लाजस्तै खतरनाक एयरपोर्ट  केगाटा

केगाटा एयरपोर्ट

नेपालको लुक्ला एयरपोर्ट, आधिकारिक नाम तेन्जिङ हिलारी एयरपोर्ट, विश्वका साहसिक र खतरनाक विमानस्थल (एयरपोर्ट) मध्ये एउटा हो । 

लुक्ला  एयरपोर्टले सगरमाथा आरोहीहरू र खुम्बु क्षेत्रको पर्यटकहरूलाई आवत जावतका लागि निकै सहज बनाएको छ ।  यसको चुनौतीपूर्ण रनवे, उचाइ, र मौसमका कारण लुक्ला एयरपोर्टलाई विश्वकै खतरनाक एयरपोर्टहरुको सूचीमा राखिएको छ । यस्तै चुनौतीपूर्ण अर्काे एयरपोर्टका रुपमा  इन्डोनेसियाको केगाटा एयरपोर्टलाई लिइन्छ । लुक्ला र केगाटा एयरपोर्टहरूबीच धरै कुरामा समानता  देखिन्छ ।

लुक्ला एयरपोर्टको स्थापना १९६४ मा भएको थियो, जब प्रसिद्ध आरोही सर एडमन्ड हिलारीले स्थानीय छोटो रनवेमा उड्ने जहाजहरुका  लागि त्यहाँ धावनमार्ग निर्माण गरे। २८५० मिटरको उचाइमा रहेको यो एयरपोर्टले छोटो, ढल्कने रनवेको विशेषता बोकेको छ। अवतरण गर्दा रनवे उकालो हुन्छ, जसले विमानलाई रोक्न मद्दत गर्छ, र उडानका लागि रनवे ओरालो हुन्छ, जसले आवश्यक गति बढाउन सहयोग पु¥याउँछ। यो एयरपोर्टको यो विशेषताले यात्रालाई निकै चुनौतीपूर्ण र रोमाञ्चक बनाउँछ।

इन्डोनेसियाको पपुआ प्रान्तमा रहेको केगाटा एयरपोर्ट पनि लुक्ला एयरपोर्ट जस्तै खतरनाक र चुनौतीपूर्ण एयरपोर्टको सूचीमा पर्छ। केगाटाको मुख्य विशेषता यसको घुमाउरो रनवे हो, जुन स्थानीय भौगोलिक अवस्थाको कारण यस्तो बनाइएको हो। यो रनवे लुक्लाको ढल्कने रनवे जस्तैनै चुनौतीपूर्ण छ । जहाँ विमान चालकहरूलाई विशेष तालिम र अनुभवको आवश्यकता पर्दछ। 

लुक्ला र केगाटा एयरपोर्ट दुवै स्थानीय समुदाय र उनीहरूको सक्रियतामा बनाइएको हो ।  लुक्ला एयरपोर्टको स्थापना सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि गरिएको थियो भने केगाटा एयरपोर्ट स्थानीय जनतालाई सहरसँग जोड्ने उद्येश्य अनुरुप बनाइएको थियो । लुक्ला र केगाटा एयरपोर्टका बिचमा धेरै समानताहरू छन्। दुवै एयरपोर्ट उच्च पहाडी क्षेत्रहरूमा अवस्थित छन्, जहाँ मौसम, रनवेको आकार, र भौगोलिक स्थिति विमान चालकहरूकोलागि चुनौतीपूर्ण मानिन्छ ।

तेन्जिङ हिलारी एयरपोर्ट लुक्ला

यी एयरपोर्टहरूको सञ्चालनमा मौसमले महत्वपूर्ण भूमिका खेल्छ, र अवतरण तथा उडानहरू पनि सफा मौसममा भए मात्रै सम्भव हुन्छ । हेर्दा उस्तै देखिए पनि  केगाटा एयरपोर्टको घुमाउरो रनवे र लुक्लाको ढल्कने रनवेले यी दुई एयरपोर्टहरूमा केही भिन्नता छ । तर यी दुबै एयरपोर्टको चुनौतीपूर्ण उडान र अवतरणका विशेषताहरूले एकै प्रकारको समस्या झेल्नु पर्ने अवस्था छ, जहाँ रनवेको संरचना र उचाइले विमान चालकहरूको कौशल र अनुभवको वास्तविक परीक्षा हुन्छ । 

भविष्यमा, प्राविधिक सुधारहरू र नयाँ उपकरणहरूको प्रयोगले यी एयरपोर्टहरूलाई अझ सुरक्षित र प्रभावकारी बनाउन सक्ने सम्भावना छ। यी सुधारहरूले मात्र यात्रुको सुरक्षालाई बलियो बनाउँदैन, पर्यटनको विकासमा पनि ठूलो योगदान पुर्‍याउनेछ । 

लुक्ला र केगाटा एयरपोर्टमा जीवनमा अनुभव, जोखिम, र रोमाञ्चकता एकैसाथ पाइन्छ। यी दुई एयरपोर्टहरूको चुनौतीपूर्ण अवस्था भएतापनि  ती क्षेत्रहरूको विकास र स्थानीय जनताको जीवनस्तरमा भने निकै सुधार ल्याएको छ । यसलाई अझ आधुनिक बनाउन सके  भविष्यमा अझ ठूलो सम्भावना छ । 
 

प्रतिक्रिया