ललितपुरस्थित विद्यालयको होस्टलमा विधार्थी मृत फेला

ललितपुर । ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टलमा विद्यार्थी मृत अवस्थामा भेटिएका छन्। ललितपुर महानगरपालिका(२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डी शनिबार मृत भेटिएका हुन् । उनी सोही होस्टेलमा बस्ने गरेका थिए ।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमर्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ।

प्रतिक्रिया