आफूमाथिको कारबाहीविरुद्ध मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन्। आइतबार उनले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जानकारी दिएका हुन् ।

‘महामन्त्री पदबाट पदमुक्त गरिएको भनिएको दिनको आज ३५ औँ दिन पुग्छ मलाई पत्र प्राप्त भएको मितिबाट । त्यसको पुनरावेदन गरेको छु‚’ उनले भने‚‘ साधारण सदस्यबाट हटाइएको भनिएको निर्णयविरुद्ध नभई महामन्त्री पदबाट हटाइएको भनिएको निर्णयविरुद्ध पार्टीकै पुनरावेदन समितिमा पुनरावेदन गरिएको हो ।’
 
उनले पुनरावेदन पत्रमा तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताएका छन् ।

 
 

प्रतिक्रिया