पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाजको सफल अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ। जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट बुधबार पहिलो उडान भएको हो । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधवार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
चीनबाट उडेको एयरलाइन्सले जेठ २७ गते चीन भ्रमणमा गएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो।
अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए।
जहाज करिव दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौँ हुँदै चीन फर्किनेछ।
प्रतिक्रिया